नेप्से ढुङ्गे युग तर्फ उन्मुख हुँदै - Lagani News

Latest


Post Top Ad

Sunday, January 20, 2019

नेप्से ढुङ्गे युग तर्फ उन्मुख हुँदै




विश्व स्तरिय अनलाईन सिस्टम दावी भएपनि नेप्सेले अन्लाईन सिस्टम संचालन ल्याए देखिनै उसले सो वाक्य आफैले प्रमाणित गर्न सकेको छैन। 

आज माथिल्लो तामाकोशीको शेयर कारोवारमा निकै चाप थियो । भर्खरै बनेको अन्लाईन सिस्टमले एउटा कम्पनीको कारोवार चाप पनि धान्न सकेन। समय संगै कारोवार रकम वृद्धि हुँदै जाने हो भने अहिलेको सिस्टमले धान्न सक्दैन भने बहस पनि सुरु हुन थालेको छ। 

अहिलेको नयाँ सिस्टम आए देखिनै समस्याहरु दिन प्रतिदिन वृद्धि हुँदै छन्। एकै दिन तामाकोशीको शेयर मूल्य ५० प्रतिशत सम्म वृद्धि भएर कारोवार भयो। अपर तामाकोशीको शेयर कारोवार बिचमै रोकेर रेञ्ज भन्दा माथि भएको कारोवारलाई खारेज गर्नु पर्यो। दिन भर तामाकोशीको शेयर ५० प्रतिशतले वृद्धि भएको कारणले गर्दा नेप्से परिसूचक मजाले वृद्धि देखियो र यसले लगानीकर्ताको मनोविज्ञानलाई असर गर्यो। नेप्सले तामाकोशीको कारोवार रोके पनि नेप्से परिसूचक भने कारोवार सकिए पछि मात्र मिलायो। 

त्यस्तै तामाकोशीको शेयर कारोवार निकै छिटो छिटो हुँदै गर्दा नेप्सेको प्रणालीमा समस्या देखिन थाल्यो।  जस्ले गर्दा केही ब्रोकरमा कारोवार अवरुद्ध हुन् पुग्यो। प्रणालीमा आज समस्या आए संगै लगानीकर्ताहरु हैरान भएका थिए। 
अनलाईन कारोवार आए पछि नेप्सेको आधिकारिक वेवसाइट र ट्रेड म्याञ्जेमेण्ट सिस्टम (टि.एम.एस)मा भिन्नता देखिदै आएको छ।  लगानीकर्ताहरु मार्केट डेप्थ हेरेर ब्रोकरलाई अडर दिदा मुल्य नै फरक परेकाले कति पटक लगानीकर्तामा निराश उत्पन्न भएको पनि पाईन्छ। नेप्सेले अन्लाईन आए देखिने तथ्यांक गलत दिदै आएको छ।   मूल्य समायोजन पछिको कारोवार, मार्केट डेप्थ सबैमा केही न केही समस्या आउंदै गरेको छ।   

आज कति सम्म भन्दा नेप्सेले मार्केट डेप्थ सम्म देखाउन छ्ड्यो। "सिस्टम बन्दै छ" भनेर सूचना निकाल्दै नेप्सेले आज बजार चल्दा चल्दै मार्केट डेप्थ देखाउन रोकेको थियो । लगानीकर्ताले मार्केट डेप्थ नै हेर्न पाउन छाडे पछि नेप्से कता उन्मुख छ आधुनिक युग तिर की ढुङ्गे युग तिर यो सबैले सजिलै थाहा पाउन सक्ने कुरा हो ! 

अहिलेको प्रणालीमा लगानीकर्ताको विस्वास हट्दै गएको प्रस्ट देखिन्छ । लगानीकर्ताहरु अहिलेको प्रणाली भन्दा पहिलेको प्रणाली नै राम्रो  भन्न सम्म थालिसकेको छन्।  

नयाँ प्रविधि आउँदा लगानीकर्ताहरुले नयाँ युग महसुस गर्नु पर्ने  ठाउँमा पहिलेको भन्दा नराम्रो प्रणाली देख्दा लगानीकर्ताहरुको रिसको सिमा वृद्धि हुँदै गएको प्रस्ट देखिन्छ। पूर्ण स्वचालित कारोवारको नाममा लगानीकर्ताहरुलाई हैरान बनाउन नेप्सेको प्रणालीले कुनै कसर छोडेको छैन। केही लगानीकर्ताले अहिलेको स्टक एक्सेंजले कुनै सुधारात्मक काम गर्न नसक्ने र अर्को स्टक एक्सेंज चाहियो जस्ता अभिव्यक्ति पनि दिन पछि हटेका छैनन्।  

लगानीकर्ता संघ संगठनले पनि नयाँ कारोवार प्रणालीको  विषयमा फेरी दवाव मुलुक कार्यक्रम घोषणा गर्नु पर्ने देखिएको छ। लगानीकर्ताहरुको हक हितको सुरक्षा गर्न धेरै संघ सस्था भए पनि नेप्सेको अनलाईन कारोवार प्रणालीमा देखिएको समस्याको बारेमा के कसरी प्रस्तुत हुन्छन त्यो समयले देखाउन बाँकी छ। 

अनालाईन कारोवार प्रणालीबाट लगानीकर्ताले यति धेरै समस्या आउँदा पनि न धितोपत्र बॉर्ड बोल्न सकेको छ न अर्थ मन्त्रालय।  लगानीकर्ताको हक हित संरक्षण गर्न नेपालमा को भन्ने प्रश्नको उत्तर खोज्दै लगानीकर्ताहरु बसिरहेका छन्।  

Pages