पौष मसान्तको असर : लगातार ७ दिन सम्म घट्यो दोश्रो बजार - Lagani News

Latest

Post Top Ad

Sunday, January 6, 2019

पौष मसान्तको असर : लगातार ७ दिन सम्म घट्यो दोश्रो बजार


लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ७ दशमलव २२ अंकले घटेर ११७० दशमलव ७९ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ०  दशमलव ६१  प्रतिशतले घटेको छ। आज दिन भरमा ३१  करोड ३  लाख बराबरको शेयर किन बेच भएको छ।

आज बजार ईण्ट्राडे लो नजिकै बन्द भएको छ।  आज बजारको न्यून विन्दु ११७० दशमलव ११रहेकोमा बजार ११७० दशमलव ७९ को विन्दुमा बन्द भएको छ।  इण्ट्राडे लो मा बजार बन्द  हुनुले बजारमा बिक्री चाप राम्रै रहेको प्रस्ट हुन्छ। 

आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला :  ११७८ दशमलव ८७ 
उच्च  :  ११८१ दशमलव ५८ 
न्यून  :  ११७० दशमलव ११   
बन्द  :  ११७०  दशमलव  ७९ 


बजारमा पौष  मसान्तकोको असर देखिएको  छ। केही लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा छन्। पुष महिनामा बैंक प्रणालीबाट सरकारी खातामा राम्रै रकम जाने भएकाले पुष महिना पछि बैंकमा तरलता कम आउने र त्यही कुरालाई मध्य नजर गर्दै केही लगानीकर्ताहरु अझै शेयर बजार प्रवेश गर्न सकेका छैनन्।
आज सर्वाधिक कारोवार भएका १० कम्पनी:



आज सर्वाधिक कमाएका १० कम्पनी:


आज सर्वाधिक गुमाएका  १० कम्पनी:




Post Bottom Ad

Pages