लगातार ६ दिन सम्म घट्यो दोश्रो बजार; आखिर किन ? - Lagani News

Latest


Post Top Ad

Thursday, January 3, 2019

लगातार ६ दिन सम्म घट्यो दोश्रो बजार; आखिर किन ?


लगानीन्युज/काठमान्डौ: आज साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक १ दशमलव ५६ अंकले घटेर ११७८ दशमलव ८७को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ०  दशमलव १३ प्रतिशतले घटेको छ। आज दिन भरमा २७ करोड ६९ लाख बराबरको शेयर किन बेच भएको छ।

आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला :  ११८० दशमलव ४३
उच्च  :  ११८४ दशमलव ९५
न्यून  :  ११७८ दशमलव ०६
बन्द  :  ११७८ दशमलव ८७ 


बजार लगातार ६  कारोवार दिन सम्म घटेको छ। रास्ट्र बैंकले केही सकारात्मक कदम चाले संगै बजार केही दिनका लागि वृद्धि भएको थियो। शेयर धितो मार्जिन कर्जाको सीमालाई ६५ प्रतिशत सम्म पुर्याउनुले केही समय बजार उकालो लाग्यो तर सो प्रतिशत ५० बाट ६५ प्रतिशत पुर्याए पनि लगानीकर्ताहरुले महँगोमा कर्जा लगेर शेयर बजारमा लगानी गर्न नसक्ने अवस्था सिर्जना भएकाले  सोको ठुलो असर तत्कालै  पुँजी बजारमा पर्न नसकेको जानकार बताउछन्।

त्यस्तै  बजारमा पौष मसानाताको असर पनि देखिएको  छ। केही लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा छन्। पुष महिनामा बैंक प्रणालीबाट सरकारी खातामा राम्रै रकम जाने भएकाले पुष महिना पछि बैंकमा तरलता कम आउने र त्यही कुरालाई मध्य नजर गर्दै केही लगानीकर्ताहरु अझै शेयर बजार प्रवेश गर्न सकेका छैनन्।

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:
आज सर्वाधिक कमाएका १० कम्पनी:
आज सर्वाधिक गुमाएका  १० कम्पनी:


Pages