"पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलको भाउमा बेच्न हतारिनु लगानीकर्ताकै बेवकुफी हो";राधा पोखरेल - Lagani News

Post Top Ad

Saturday, January 5, 2019

"पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलको भाउमा बेच्न हतारिनु लगानीकर्ताकै बेवकुफी हो";राधा पोखरेल


राधा पोखरेल : यहाँहरु माझ छोरी चेलीले केही गर्न सक्दैन भन्ने भ्रम पनि चिर्नको लागि यो कार्यक्रममा स्वयमं उपस्थित भएकी हुँ । अझ म भित्र छिपेको राज म यहाँहरुलाई यसै कार्यक्रम मार्फत बताउन चाहन्छु । हेर्नुस म एक मुटुरोगी वेटी हुँ । मेरो आज भन्दा १४ वर्ष पहिला ओपनहर्ट सर्जरी गरी मुटुका दुई भल्भहरु फेरीएका छन । छोरी त्यसमा पनि मुटु चिरिएकी छोरी !!! तर पनि भरखर भरखर वामे सर्दै गरेको नेपाली पूँजीबजारलाई नेपालका कुना कन्दरा, दुरदराज समेतमा पुर्याउछु भनेर अग्रसर हुदै आएकी छु । 

नेपाल पूँजीबजार लगानीकर्ता संघले यसै आर्थिक वर्ष भित्र मुलुका सातै प्रदेशमा यस्तै भव्य कार्यक्रम राख्दैछ । त्यस मध्य मैले हाम्रो कार्यक्रमको विगुल तिन नं. प्रदेशको धादिड.बाट फुकौ र उक्त कार्यक्रममा केन्द्रवाट म स्वयमं जान्छु भनेर निर्णय पारित गराएकी हुँ । 

भनिन्छ कोदो पनि रोपेपछि मात्र फल्छ । धान पनि फलाउन रोप्नै पर्छ । पैसा पनि रोपेपछि मात्र फल्छ । धान र कोदो खेतबारीमा फल्छ भने पैसा फल्न सेयर बजारमा रोप्नुपर्छ ।

ओपन क्राई सिस्टमदेखि अर्ध-स्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतीकरण कारोबारको अवस्थामा  आइपुगेको छ। तर पनि नेपालको पुँजी बजार पूर्ण रुपमा विकसित हुन सकिरहेको छैन् । पुँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरुमा अझै सुधार गर्नुपर्ने छ । अनलाइन प्रणालीमा नगएसमम पुँजी बजारको विकासको गति सुस्त नै रहने अनुमान गर्न सकिन्छ । हाम्रो बजारमा अझै पनि शेयर साक्षारताको कमी छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि शेयर बजारमा आउन चाहाने लगानीकर्ता पनि हच्किनु पर्ने स्थिति छ ।

त्यसैले लगानीकर्तालाई बढीभन्दा बढी शेयर साक्षारतको आवश्यकता देखिएको छ । बजारको आकार र आकर्षणमा आएको वृद्धिसँगै पुँजी बजारमा भित्रिन चाहाने नयाँ लगानीकर्ताहरुको सङ्ख्या पनि पछिल्लो समय बढेर गएको छ । अमेरिका लगाएत दुनियाभरका धेरै शेयर बजारका लगानीकर्ताले विश्वको जुनसुकै ठाउँमा बसेर अनलाइनबाट शेयर किनबेच गर्न सक्छन, विडम्वना नेपाल मात्र यस्तो देश हो जहाँ सेयर किन वेच गर्न २०५० माघ वाटनै व्रोकर कार्यालयनै धाऊनु पर्ने वाध्यता रहदै आएको भएपनि गत कार्तिक २० गतेबाट हाम्रो शेयर बजार पनि पूर्ण अनलाईन सिस्टमा गईरहेको छ । हामीले यो सिस्टमबाट अधिक फाईदा लिनु पर्ने हुन्छ । 

भनिन्छ कोदो पनि रोपेपछि मात्र फल्छ । धान पनि फलाउन रोप्नै पर्छ । पैसा पनि रोपेपछि मात्र फल्छ । धान र कोदो खेतबारीमा फल्छ भने पैसा फल्न शेयर बजारमा रोप्नुपर्छ । शेयर हुनु भनेको कम्पनीको मालिक हुनु हो । कम्पनीले कमाएपछि सेयरहोल्डरलाई नै बाड्ने हो। आजको भोली नै कमाउन खोज्नेका लागि शेयर बजार उपयुक्त ठाउँ होइन । जो आजको भोलि कमाउन शेयर बजारमा प्रवेश गर्छन, हो तिनले नै घाटा खान्छन र शेयर  बजारलाई "जुवा घर" भन्न पनि पछि पर्दैनन् विश्वभरिकै शेयर बजारको प्रकृति उस्तै हो । 

शेयर बजारमा सूचिकृत कम्पनीले लगानीकर्तालाई कमाएको लाभांश बाडछन् । कम्पनीको आम्दानी देशको अर्थव्यवस्थामा आधारित हुन्छ । देशको अर्थव्यवस्था मजबुत हुँदै गएमा कम्पनीको आम्दानी पनि बढ्छ । कम्पनीको आम्दानी बढ्नु भनेको लगानीकर्ताको लाभांश बढ्नु हो । यसले बजारमा शेयरको मूल्य समेत बढाउँछ । अब नेपालको शेयर बजार सुनौला दिनहरुको संङ्गघारमा उभिएको छ । अब चाढै नै शेयर बजारले नयाँ युगको प्रबेश गर्ने छ र लगानीकर्ताहरुको सोचाई भन्दा धेरै माथिको छलाङ्ग मार्ने पक्का छ।

यदि तपाईंलाई कुनै शेयर राम्रो लाग्छ भने त्यसमा बढीमा १० प्रतिशत मात्र लगानी गर्ने गर्नुस । मलाई घाटा भइरहेको छ, तर चिन्ता छैन, कारण म एक लङ टर्म इन्भेष्टर हुँ । शेयर बजारबाट पैसा कमाउने एउटै मन्त्र हो, यसबाट भाग्दै नभाग्नुस !!!!

म पैसाको लागी काम गर्दिन, तर पैसा मेरो लागी कडा मेहनत गर्छ । "भ्यागुतालाई चरा भईस भन्दैमा उड्दैन" उड्न त चरानै चाहिन्छ नी, आफुसंग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ | बजारमा पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलको भाउमा बेच्न हतारिनु लगानीकर्ताकै बेवकुफी हो |  कम्पनीको आर्थिक विवरण अध्यन नगरी हल्लाको भरमा मात्र लगानी गर्ने लगानीकर्तालाई घाटा खान कसैले रोक्न सक्दैन । 

त्यसैले शेयर बजारमा प्रवेश गर्नु पूर्व अधिक जानकारी लिने, अनुभवि लगानीकर्ता एवं शेयर बजार विश्लेषकहरु संग राय सल्लाह लिने । आर्थिक न्यूजहरुमा आँखा डुलाउने । आफुलाई कंम्पनीको फन्डामेन्टल, संचालकहरु, आर्थिक कारोवार, आदि राम्रो लागेको छ भने एकै पटक भएभरको पैसा नखन्याउनु हुन र विस्तार विस्तार किराना पसलेले समान थपे जसरी थोरै थोरै किन्दै वुझ्दै जानु हुन म सुझाव दिन चाहन्छु ।

अन्तमा हाम्रो सरकारले शेयरबजार मैत्री निती नियमहरु समयमै बनाई दिने हो भने यो विजनेशलाई टक्कर दिने अरु विजनेश हुनेछैन र सन्सारका अर्व पतिहरुलाई हेर्नुहुन्छ भने १० जनामा ८ जना अर्वपति सेयरकै विजनेशले भएका छन।  


शुक्रबार नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले एक कार्यक्रममा ब्यक्त गरेको बिचार 

Pages