लगानीन्युज/काठमान्डौ: आज साताको तेस्रो कारोवार दिन नेप्से परिसूचक २ दशमलव ८३ अंकले बढेर ११४७ दशमलव १० को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव २५ प्रतिशतले बढेको छ। आज दोश्रो बजारमा २३ करोड १० लाख बराबरको कारोबार भयो भने हिजो ३६ करोड ४३ लाख बराबरको शेयर किनबेच भएको थियो । हिजो भन्दा आज करिब कारोबार १३ करोड ले घटेको छ।
आजको बजारमा भएका महत्तोपुर्ण विन्दु तथा नेप्सेमा देखाएको विवरणहरु।
खुला : ११४४ दशमलव २७
उच्च : ११४९ दशमलव ५६
न्यून : ११४२ दशमलव ७९
बन्द : ११४७ दशमलव १०
आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको २ करोड ५५ लाख बराबरको कारोबार भयो। तामाकोशीको कारोबार सुरुभएको देखिनै १० उच्च कारोबार हुने कम्पनीहरुमा देखिदै आएको छ। आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तको को शेयर मूल्य दोश्रो बजार मा ९ दशमलव ८८ % ले बढेको छ। सामुदायिक लघुवित्तको माघ ७ गते साेमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको थियो भने आज नेप्से मा देखाए अनुसार २०० कित्ता शेयर कारोबार भएको छ ।

आज पूर्णिमा विकास बैंक को शेयर मूल्य दोश्रो बजार मा ४ दशमलव ३७ % ले घटेको छ। यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लगानीकर्ता लाई खुसि बनाउन सकेन। पूर्णिमा विकास बैंक ले यस चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन खुद नाफा गत वर्षको यसै अवधिकाे तुलनामा दुई लाख ७४ हजार रुपैयाँले घटेको हो । समय र व्यापार अनुसार नाफा बढाउनु को साटो नाफा घट्दा लगानीकर्ता को रोजाइमा पर्न नसकेको हो।