लगानीन्युज/काठमान्डौ: आज साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक १ दशमलव ३४अंकले बढेर ११२८ दशमलव ८६ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक १ दशमलव १२ प्रतिशतले बढेको छ। आज दोश्रो बजारमा २० करोड २७ लाख बराबरको कारोबार भयो भने।
आजको बजारमा भएका महत्तोपुर्ण विन्दु तथा नेप्सेमा देखाएको विवरणहरु।
खुला : ११२७ दशमलव ५३
उच्च : ११३२ दशमलव ६०
न्यून : ११२४ दशमलव ५२
बन्द : ११२८ दशमलव २६
आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको १ करोड ४० लाख बराबरको कारोबार भयो। तामाकोशीको कारोबार सुरुभएको देखिनै १० उच्च कारोबार हुने कम्पनीहरुमा देखिदै आएको छ। आज सबैभन्दा धेरै चौतारी लघुवित्तको को शेयर मूल्य दोश्रो बजार मा ९ दशमलव ८९ प्रतिशतले बढेको छ। चौतारी लघुवित्तको आज नेप्से मा देखाए अनुसार आज ५० कित्ता शेयर कारोबार भएको छ ।

आज बरुण हाइड्रोको को शेयर मूल्य दोश्रो बजार मा ३ प्रतिशत ले घटेको छ। हाइड्रोको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा देखाएको विवरण हेरेर लगानीकर्ताहरु अलमलमा परेका छन् , समान प्रकृतिका कम्पनीका विवरणमा पनि एकरुपता नहुदा लगानीकर्ता सहि बिबरण बुज्नबाट अलमलमा परेका छन्।