शेयर बजारमा कस्ता लगानीकर्ताहरु सफल वा असफल हुन्छन ? - Lagani News

Post Top Ad

Friday, March 1, 2019

शेयर बजारमा कस्ता लगानीकर्ताहरु सफल वा असफल हुन्छन ?


वारेन बफेट शेयर कारोवारमा सर्वाधिक सफल र विश्वको तेस्रो धनि ब्यक्ति हुन् । उनको शेयर बजारका सयौँ कसरी सफल लगानीकर्ता बन्न सकिन्छ भन्ने पुुस्तकहरुको अध्ययन गरेर यस बजारमा लगानी गर्ने व्यक्तिहरुको कुनै कमी छैन तर सजना कहाँ वारेन बफेट बन्न सक्छन र उचित ज्ञान, तालिम, पुँजी  र धैर्यता बिना शेयर लगानीबाट करोडपति बन्ने सपना बोकेर आएका लगानीकर्ताहरु रोडपति भएका उदाहरणहरु पनि प्रसस्तै छन्।

कस्ता लगानीकर्ताहरु सफल र कस्ता लगानीकर्ताहरु असफल हुुन्छन् भन्नेकुुरा उनीहरुको व्यबहार, शैलि, निर्णय गर्ने तरिकाबाट प्रस्ट देख्न सकिन्छ भन्ने कुराहरु शेयर बजारका वादशाह बफेटको पुस्तकहरुमा पाइन्छ।

सफल लगानिकर्ता हुन चाहनेहरुले निम्न कुरामा र बानीको विकास गर्नु पर्दछ

वचत गर्ने बानीः
बफेट भन्छन खर्चबाट जोगिनु वचत गर्नु हो। खर्चबाट बच्नका लागि उनी पत्रिकाहरु पनि नकिनै पुरानो पढ्थे। त्यसै गरि तपाईँ हामीले पनि वचत गर्न सिक्यौँ र वचत गरेको पैसा राम्रो कम्पनीको शेयरमा लगानी गर्न सकियो भने त्यसबाट अत्याधिक प्रतिफल लिन सकिन्छ ।
अधिकांश लगानीकर्ताहरु भिड, हल्ला र मिडियाको पछाडि लाग्नुभन्दा आफ्नै मौलिक सोच, विश्लेशण र अनुभवको आधारमा अगाडि बढ्नु पर्दछ जसका लागि यस व्यवसायमा सफल व्यक्तिलाई आदर्श मान्दै तिनका गुण र अनुभवलाई अभ्यास गर्न सकिन्छ।
ससाना चुहावट रोक्नेः
हामीले खर्च गर्नु भन्दा अगाडि एकपटक अवश्य पनि सोच्ने बानी बसाल्नु पर्दछ । यो खर्च गर्नु कत्तिको आवश्यक छ र हाम्रो जीवनमा पनि अनावश्यक विभिन्न खर्च वा चुहावट भइरहेका छन्।  यदि छन भने  त्यस्ता चुहावट र फजुल खर्चलाइ नियन्त्रण गरि वचतमा वृद्दि गरौँ।

निरन्तरताको आवश्यकताः
यो कारोवारलाई निरन्तरता दिनुहोस। कारोवारमा जस्तोसुकै उथल पुथल आएपनि संयमित भएर रहदै शेयर बढ्दा विक्रि र घट्दा किन्ने बानीको विकाषले अवश्य पनि यस कारोवारबाट धनि बन्न सक्नु हुनेछ।

अरुलाई पछ्याउने भन्दा गुुरु मान्नेः
अधिकांश लगानीकर्ताहरु भिड, हल्ला र मिडियाको पछाडि लाग्नुभन्दा आफ्नै मौलिक सोच, विश्लेशण र अनुभवको आधारमा अगाडि बढ्नु पर्दछ जसका लागि यस व्यवसायमा सफल व्यक्तिलाई आदर्श मान्दै तिनका गुण र अनुभवलाई अभ्यास गर्न सकिन्छ।

कम्पनीको वास्तविक्ताको अध्ययन गर्नेः
कुुनै पनि कम्पनिको शेयर किन्नुपुर्व त्यसको संस्थापकहरु, आय व्यय, जगेडा कोष, शेयर कारोवारको इतिहास, त्यसले प्रदान गर्न सक्ने बोनस र राइट सेयरको अवस्था साथै पुँजी संरचनाको ज्ञान लिने बानी  हुुन्छ। यस पछि आफुले गर्नु पर्ने वा गर्ने कुरामा दुविधा नलिने अथवा कुनै एउटा निर्णय लिने।

जोखिम आकलनमा ध्यान दिनेः
कुुनैपनि कम्पनीको शेयरमा हुने नोक्सानिको मूल कारण सुरुमानै जोखिम आकलन गर्न नसक्नु हो। बोनस र राइट शेयरको लोभमा त्यसको वास्तविक मूल्य भन्दा निकै धेरै तिर्नु भन्दा त्यस बखतमा त्यो शेयरलाई बेच्ने र आफ्नो मुनाफा सुरक्षित गर्ने गर्दछन।

ऋणबाट टाढा रहनेः
ऋणबाट चल्ने जीवनमा अत्याधिक तनाव हुुने र निरन्तर आम्दानी नहुने व्यवसाय भएकाले ऋण लिएर यसमा लगानी नगर्ने। शेयर बजार कुन बखत बुलिस साइकल सुरु हुुन्छ भन्ने थाहा हुुँदैन र अर्को कुरा नोक्सानी  थाहा हुन लागेको शेयरलाइ तरुन्त विक्रि गर्ने र जोखिम न्युनिकरण गर्ने बानी  हुन्छ ।

शेयर नयाँ र अधिमतममा साना लगानिकर्ताहरु घरमा रहेका हुुन्छन् किनभने उनीरुसँग ज्ञान र तालिमको कमी भएकाले उचित मूल्य पाउन सक्दैनन्। त्यस्ता लगानीकर्ताहरु असफल हुन्छन।  

सल्लाह र सझावको चहानाः
रेडिमेट सल्लाहको चाहाना राख्ने, नयाँ र साना लगानिकर्ताहरु सधैँ जोखिममा हुन्छन्। उनीहरु साना तिना शेयरहरु ६ महिनामा वृद्धि हुन्छ भन्ने कुुराको भरमा आफ्नो दिमागको प्रयोग नगरि किन्न तत्पर हुुन्छन् र उनीहरुलाइ यस्तो कुरा भन्नेपनि उनीहरुको छेउछाउका नै हुन्छन्। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने गर्छन्।

छोटो समयमा धनि हुुने मनोवृतिः
नयाँ र साना लगानिकर्ताहरु झटपट पैसा कमाउने चाहाना राख्दछन्। यो सोच्दै गर्दा उनीहरुले यो कुरा बिर्सिन्छन की यो व्यवसाय झटपट पैसा गुमाउने पनि ठाउँ हो। यस्ता लागानिकर्ता प्रवेश गर्दा र बाहिरिँदा निकै उछाल आउने गर्दछ ।

कम मुुल्यको शेयरलाइ सस्तो ठान्नेः
जुुन शेयरको मुुल्य कम छ त्यो सस्तो ठानी किन्ने प्रवृति निकै छ। जब कि यो सस्तो हुनुुको कारण के हो र  कम्पनीको फन्डामेन्टल अवश्था कस्तो छ र  यसबाट कति प्रतिफल प्राप्त हुुन्छ भन्ने कुराको ज्ञान बिनै सस्तोमा धेरै कित्ता खरिद गर्न सफल भएको ठान्दछन्। जवकी यो शेयर मुल्य सस्तो कम्पनीको अवश्था बिग्रिनुको उपज हो भन्ने कुरा बुझ्दैनन्।

चरम सिमाको समयमा प्रवेशः
हाल नेप्से ११ सयको हाराहारिमा छ जुुन प्रवेश गर्ने र लगानी बढाउने उपयुक्त समय हो तर बजार विग्रिएकाले यसो भएको भन्दै बस्छन्। अझै माथि जाने आशमा प्रवेश गर्दछन् जबकी ठूला लगानीकर्ता र स्मार्ट लगानीकर्ताहरु आफ्नो मुनाफा बुकिङ गरेर सुरु गरिरहेका हुन्छ्न ।

डरमा अगाडिः
बजारमा मन्दी आयो वा गिरावट आउन थाल्यो भने हड्बढाएर सस्तो मुल्यमा विक्रि गर्न थाल्छन्। कसैलाइ त यस्तो लाग्छ बजार घटेको समय नै कमाउने समय हो भनी सानो पूजिका साथ ठूलाठुला खेल खेलेर वस्छन् र त्यसै खेलको सिकार बस्दछन्। सवै गुमाइसकेपछि उनीहरुको एम मात्र भनाई हुुन्छ भाग्यमा कमाउन लेखेको रहेनछ भन्दै सधैँ बजार प्रति नकारात्मक धारणा राख्दछन्।

शेयर बजारमा बेला बखतमा ठुला लगानिकर्ताहरुले चलखेल गरि बजार बढाउने र घटाउने गरेको सून्ने गरिन्छ। जसका कारण नयाँ साना र अरुको भरमा लगानि गर्ने लगानिकर्ताहरु ठुलो मारमा पर्ने गर्दछन्। बजार यसरी अप्राकृतिक रुपमा घटबढ हुदा ठुला लगानिकर्ता तथा अल्पकालिन लगानिकर्ताहरु नै नाफा आर्जन गर्ने गर्दछन् भन्ने कुराको ज्ञानकोलागि हामिले शेयर बजार सम्बन्धि प्रशस्त ज्ञान र जानकारी हासिल गर्न विभिन्न किसिमका शेयर तालिमहरु लिनुपर्ने हुन्छ यसका साथै बजारको इतिहास पनि राम्रो ज्ञान आवश्यक पर्दछ ।

Pages