११०० को मनोवैज्ञानिक टेवा परिक्षण गर्दै बजार, परिसुचकमा ४ दशमलव ९५ अङ्कको गिरावट - Lagani News

Latest


Post Top Ad

Sunday, March 3, 2019

११०० को मनोवैज्ञानिक टेवा परिक्षण गर्दै बजार, परिसुचकमा ४ दशमलव ९५ अङ्कको गिरावट




अर्जुन तिमिल्सिना/काठमान्डौ : नेप्से परिसुचक फेरी पनि ११०० विन्दुको मनोवैज्ञानिक रेखाको आसपास आइपुगेको छ । साताको पहिलो दिन नेप्से सुचकमा ४.९५ अङ्कको गिरावट आएको छ । गिरावट सँगै नेप्से सुुचक ११०० दशमलव ५८ विन्दुमा आइपुगेको छ ।
अघिल्लो सात जस्तै यो साता पनि बजारले ११०० को विन्दु मजाले परिक्षण गर्यो।  आज बजार ११०० दशमलव १६ को न्युनतम विन्दु सम्म पुगेकोमा बजार बन्द हुँदा ११०० दशमलव ५८ को विन्दुमा बन्द भएको छ।  यो विन्दुबाट बजार फर्किन निकै कोसिस गरेको प्रस्ट हुन्छ। 

आइतबार नेप्सेमा कुल १७४ कम्पनीको कारोबार भएको छ । कारोबार रकम भने २३ करोड ५३ लाख रहेको छ । आइतबार नेप्सेमा जम्मा ८ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । 

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुुरेन्स अग्रस्थानमा रहेको छ । यस्को २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार बसेको कम्पनीको २८२ औँ बैठकले २५ प्रतिशत बोनस सेयर र २३ दशमलव ५ प्रतिशत नगद गरी जम्मा ४८ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । त्यस्तै दोस्रो स्थानमा नेपाल बैँक रहेको छ । यस्को १ करोड ५ लाख बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार रकमका आधारमा तेस्रो प्रभु बैंक, चौँथो एन्एमबी बैंक र पाचौँमा अप्पर तामाकोसीको सेयर रहेको छ । 

सबैभन्दा बढी कमाउनेमा भने भार्गव विकास बैंकका सेयर धनी रहेका छन् । यस बैंकका सेयरधनीले ५ दशमलव ८४ प्रतिशतले कमाएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा कढी कमाउनेमा नेपाल लाइफ इन्सुुरेन्सका सेयर धनी रहेका छन् । यस कम्पनीका सेयर धनीले ३ दशमलव ४५ प्रतिशले कमाएका छन् । त्यस्तै सबैभन्दा बढी कमाउनेको सुचिमा तस्रोमा सानिमा माई हाइड्रपावर, चौँथोमा जनउत्थान सामुुदाइक लघुुवित्त वित्तिय संस्था र पाचौमा एभ्रेष्ट इन्सुरेन्सका सेयरधनी रहेका छन् ।

सबैभन्दा बढी गुुमाउनेमा भने सिन्धु विकास बैंकका सेयरधनीहरु रहेका छन् । यस बैंकका सेयरधनीले ८ दशमलव ६९ प्रतिशतले गुमाएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा कढी गुुमाउनेमा कृषि विकास बैंकका सेयरधनी रहेका छन् । यस कम्पनीका सेयरधनीले ६ दशमलव ४१ प्रतिशले गुमाएका छन् ।त्यस्तै सबैभन्दा बढी गुमाउनेको सुचिमा तस्रोमा आँखु खोला चौँथोमा घलेम्दी हाइड्रेपावर कम्पनी, र पाँचौँमा जोशी हाईड्रोपावर रहेका छन् । 

Pages