व्यवसाय भन्दा बढी कर्जा लिएर दुरुपयोग हुँदा समस्या बढ्योः गभर्नर अधिकारी - Lagani News

Post Top Ad

Saturday, December 23, 2023

व्यवसाय भन्दा बढी कर्जा लिएर दुरुपयोग हुँदा समस्या बढ्योः गभर्नर अधिकारी




चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायको आकारभन्दा बढी कर्जा लिएर दुरुपयोग गर्दा समस्या बढेको बताएका छन् । 


नेपाल बैकर्स संघको चितवनमा भएको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कागजमा व्यवसाय देखाएर कर्जा लिएको कारण समस्या बढेको बताएका हुन् । 


गभर्नर अधिकारीले कर्जा दिदा ध्यान दिएर प्रवाह गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिए । 


गभर्नर अधिकारीले बैंकको अवस्थाको बारेमा बुझाउन नसकेको कराण समग्र क्षेत्रले गाली खानु परेको बताएका हुन् । 


‘बैंकलाई मिटरब्याजी र साहुमहाजनसँग तुलना गरिएको छ जबकी बैंकिङ क्षेत्रको प्रतिफल निरन्तर घट्दो क्रममा रहेको छ’ गभर्नर अधिकारीले भने । 


 



Pages