विद्युत् महशुल बक्यौता राख्ने जगदम्बा स्टील सहिद ठूला उद्योगको विजुली काटियो - Lagani News

Post Top Ad

Friday, December 22, 2023

विद्युत् महशुल बक्यौता राख्ने जगदम्बा स्टील सहिद ठूला उद्योगको विजुली काटियो




काठमाडौं । विद्युत् प्राधिकरणले डेडिकेटेड एव्म ट्रंक लाइन प्रयोग गरेर लामो समयसम्म विजुली बक्यौता रहेका उद्योगको विजुली काट्न शुरु गरेको छ । 


प्राधिकरणका क्षेत्रीय कार्यालयहरुले विजुलीको महशुल नबुझाएका जगदम्बा स्टील,रिलायन्स स्पिनिङ मिल अर्घाखाँची सिमेन्टको विजुलीको लाइन काटेको हो । 


विद्युत् प्राधिकरणका अनुसार ब्याज जरिवाना छाड्ने हो भने जगदम्बा स्टीलले दुई अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको छ । अन्य उद्योगको ब्याज जरिवाना रकम नजोड्दा ५० करोडभन्दा बढी बुझाउन बाँकी रहेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ट्रंक लाइन र डेडिकेटेडको बक्यौता रकम उठाउन निर्देशन दिएका थिए । निजी क्षेत्रसँग भेटमा भने प्रधानमन्त्रीले समस्या समाधान गर्ने आश्वासन दिएका थिए । 



Pages