डाबर नेपालले गर्‍यो इएचसिएफलाई २५ लाख सहयोग - Lagani News

Post Top Ad

Wednesday, December 20, 2023

डाबर नेपालले गर्‍यो इएचसिएफलाई २५ लाख सहयोग




काठमाडौं । स्वास्थ्य र कल्याणको लागि हाम्रो निरन्तर प्रयासमा, डाबर नेपालले “बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउण्डेशनसँग साझेदारी गरेको छ । 


नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धतासँग मिल्ने छ । 


डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ । 


डाबर नेपालका अध्यक्ष इश्वरी राणा तथा प्रवन्धक निर्देशक हररित बेदीले सो रकम हस्तान्तरण गरे । 



Pages