विद्युत बिक्री आम्दानीसँगै आँखुखोला जलविद्युतको घट्यो मुनाफा - Lagani News

Post Top Ad

Saturday, January 27, 2024

विद्युत बिक्री आम्दानीसँगै आँखुखोला जलविद्युतको घट्यो मुनाफा

 


काठमाडौं । आँखुखोला जलविद्युतको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा  प्रमुख सूचकहरु घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद नाफा ४२.८५ प्रतिशतले घटेर १ करोड ५२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । 


गत आर्थिक वर्षको ६ महिनामा यसले २ करोड ६६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । यसले नाफा प्रभावित बनाएको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी १२.०४ प्रतिशतले घटेर १० करोड ७६ लाख १ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ९.११ प्रतिशतले घटेर ७ करोड २४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । 


पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । जगेडा कोष २३ करोड १८ लाख ४२ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ छ । 


Pages