राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान - Lagani News

Post Top Ad

Wednesday, January 24, 2024

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 


राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 


Pages