राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण - Lagani News

Post Top Ad

Thursday, January 11, 2024

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारयाण शाहको शालिकमा माल्यापर्ण गरेका छन् । शाहको ३०२औँ जन्मजयन्तीका अवसरमा आज विहान सिंहदरबारको मूलगेटमा रहेको शाहको शालिकमा राष्ट्रपति पौडेलले माल्यापर्ण गरेका हुन् । 

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायणको जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस पनि मनाइन्छ । राष्ट्रपति पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गर्दै अझै पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताका छन् । 

 

“पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ”, राष्ट्रपतिले शुभकामना भनेका छन् । 



Pages