बैंक तथा वित्तीय संस्थाको घटेको नाफाले सेयर बजार ओरालो, सात अर्ब ६७ करोडको कारोबार - Lagani News

Post Top Ad

Sunday, January 21, 2024

बैंक तथा वित्तीय संस्थाको घटेको नाफाले सेयर बजार ओरालो, सात अर्ब ६७ करोडको कारोबार




काठमाडौं । बैंक तथा वित्तीय संस्थाको घटेको नाफाको कारण सेयर बजार ओरालो लागेको छ । 


साताको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले ओरालो लागेको हो । 


बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । आइतबार बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको थियो । जसमा धेरजसो बैंक तथा वित्तीय संस्थाले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका थिए । 


नेप्से परिसूचक २५.६३ अंकले घटेपनि सेयर बजारमा सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको ५६ करोड ७९ लाखको कारोबार भएको छ । 



Pages