क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँसहित ९ जना पक्राउ - Lagani News

Post Top Ad

Friday, February 2, 2024

क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँसहित ९ जना पक्राउ


काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरूमा ३ भारतीय र ६ नेपाली  नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । 


पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 



Pages