फुङ्लिङ नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर - Lagani News

Post Top Ad

Tuesday, February 6, 2024

फुङ्लिङ नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौं । नेपाल बैंकले ताप्लेजुङ शाखाअन्तर्गत रहने गरी सोमबारदेखि फुङ्लिङ नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । 


उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ नगरपालिकाका उपमेयर भीमादेवी ओझाले एक समारोहकाबीच उद्घाटन गरेको बैंकले जनाएको छ । 


उक्त कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेको थिए । 


सो एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैंकिङलगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुने छन् ।


Pages