अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ - Lagani News

Post Top Ad

Friday, February 2, 2024

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित होटल सनराइज् इनबाट अवैध लागुऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु एक थान, नगद ८५ हजार र मोबाइल एक थानसहित भोजपुर आमचोक गाउँपालिका–९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीमराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । 


यसैगरी काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ४४ वर्षीय निरबहादुर गुरुङलाई अवैध लागूऔषध खैरो हेरोइन छ ग्राम चार सय ५० मिलिग्राम र नगद रु १८ हजारसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 


यसैगरी काठमाडौं महानगरपालिका–१५ चमतीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब दुई ग्राम ६९० मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्राभेट ८६१ ट्याब्लेट र नगद रु आठ हजारसहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २९ वर्षीय सरोज खड्कासमेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


Pages