चौधरी र थापालाई चार दिन हिरासतमा राख्न आदेश - Lagani News

Post Top Ad

Thursday, February 1, 2024

चौधरी र थापालाई चार दिन हिरासतमा राख्न आदेश



काठमाडौँ ।  जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।


जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । 


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो ।


बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।


Pages