अरुण चौधरीलाई २ दिन हिरासतमा राख्न अनुमति - Lagani News

Post Top Ad

Monday, February 5, 2024

अरुण चौधरीलाई २ दिन हिरासतमा राख्न अनुमति




काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी अरुण चौधरीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 


प्रहरीले गत बिहीबार अरुण चौधरीलाई बाँसबारी जग्गा प्रकरणमा पक्राउ गरेको थियो । 


सोमबार अदालतले दिएको म्याद सकिने थियो । जिल्ला अदालत काठमाडौंले थप ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । 


चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 


पक्राउ गरेका ३ जना नै ग्राण्डी अस्पतालमा उपचारको लागि छन् । उनीहरुको प्रहरीले त्यहीबाट बयान लिएको छ । चौधरीले कानुन विपरित रहेको भए जग्गा फिर्ता गर्न तयार भएको बयान दिएका छन् । 


 



Pages