डलर बढ्दा यूरो र पाउण्डको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ? - Lagani News

Post Top Ad

Monday, February 5, 2024

डलर बढ्दा यूरो र पाउण्डको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

 


काठमाडौँ । नेपाल राष्ट्र बैंंकले म‌गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा कायम भएको छ ।


बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ ६८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा छ । 


अष्ट्रेलियन  डलर एकको खरिददर ८३ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा कायम छ । 


जापानी येन १० को खरिददर ८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८ रुपैयाँ ९८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा कायम छ । 


त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३ रुपैयाँ ७३ पैसा कायम  छ । 


यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६० पैसा कायम छ ।


डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७ रुपैयाँ ०३ पैसा कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७५  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३२ पैसा कायम छ ।


Pages