५१ करोड बक्यौता तिरेपछि फागुनदेखि टाइगर प्यालेसमा क्यासिनो सञ्चालन हुने - Lagani News

Post Top Ad

Thursday, February 1, 2024

५१ करोड बक्यौता तिरेपछि फागुनदेखि टाइगर प्यालेसमा क्यासिनो सञ्चालन हुने



काठमाडौं । टाइगर प्यालेसको नयाँ लगानीकर्ताको समूहले क्यासिनोको बक्यौता तिरेको छ । 


टाइगर प्यालेस गैरआवासीय नेपाली समूहले किनेको थियो ।


टाइगर प्यालेसको लगानीकर्ता हिमालयन टाइगर इन्भेष्टमेन्टका अध्यक्ष बुद्धि सुवेदीले क्यासिनाको सम्पूर्ण बक्यौता भुक्तान गरिएको बताए । 


‘क्यासिनाकोको सम्पूर्ण बक्यौता सरकारलाई भुक्तान गरिसकिएको छ,फागनु २ देखि क्यासिनो सञ्चालनमा ल्याउने योजना छ,’सुवेदीले भने । 


वित्तीय रुपमा सिल्भर हेरिटेज समस्यामा परेपछि गैरआवासीय नेपालीहको समूह हिमालयन टाइगर इन्भेष्टमेन्टले गत साउनमा टाइगर प्यालेसको स्वामित्व लिएको थियो । 


सुवेदीको समूह टाइगर प्यालेसमा प्रवेश गरेपछि पछिल्लो समय भारतीय पर्यटकको संख्या बढ्यो क्रममा रहेको छ । 


‘हामीहरु व्यवस्थापनमा प्रवेश गरेपछि भारतमा आफ्नो मार्केटिङलाई ध्यान दिएका छौं, क्यासिनो सञ्चालनपछि भारतीय पर्यटक थप बढ्ने अपेक्षा छ,’सुवेदीले थपे । 



Pages